लोप हुदै जोगिरा

  • प्रकाशित मिति : March 21, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ , चैत्र ७। बसन्तऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।अधिकांश युवाहरु विदेशिनु र जोगिरा गाउने पुराना गवैयाहरुको मृत्यु भएको हुनाले जोगिराको महत्व घट्दै गएको हो ।

होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउन थालेका छन् ।होली पर्वमा तराईका बस्तीमा ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता बाजाको प्रयोगगरी जोगिरा गीत गाउने प्रचलन छ ।

जोगिरा र होलीका गीतका माध्यमबाट तराईका हरेक गाउँ ठाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाउने गर्दथ्यो । तर हिजोआज यी गीतहरु लोप हुने अवस्थामा पुगेका छन् । साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीले प्रायः सबै उमेर समूहका मानिसलाई एक आपसमा सद्भाव, आत्मियता बढाउँछ । जोगिरा गीतका कारण पनि तराइमा होलीको महत्व वर्षेनी घट्दै गएको छ ।