काठमाडौं,चैत्र ७। पर्यटकीय गन्तव्य धुलिखेलमा पछिल्लो समय ‘जीपलाइन’ आकर्षण बनेको छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने खेलले धु्लिखेलको रौनक बढाएको छ ।
‘पिकनिक’ र हिमश्रंखला हेर्न बाहेक अब धुलिखेलमा प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को पनि आनन्द लिन सक्नेछन्। काठमाडौंदेखि ३३ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सुरु भएपछि धेरैको मन लोभिएको छ । वल्र्ड वाईड एडभेन्चर प्रालिले पर्यटन बर्ष २०२० लाई लक्षित गरी पौने ५ करोडको लागतमा ‘जिप लाइन’ को शुरुवात गरेको हो ।
जिपलाइनका मज्जा लिन नेपाली नागरिकले प्रतिव्यक्ति क्लासिकमा २ हजार ५ सय, सुपरम्यानको ३ हजार ५ सय र जोडीको लागि ४ हजार शुल्क निर्धारण गरिएको छ ।