३ दिन वर्षाको सम्भावना

  • प्रकाशित मिति : March 20, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,चैत्र ६ । काठमाडौं उपत्यकासहित देशको विभिन्न भागको मौसममा बदली आएको छ । मौसमविदका अनुसार, यो क्रम अझै केही दिन चल्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार, बिहीबार र शुक्रबार तीन दिन पहाडी तथा मध्यपहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यी क्षेत्रमा तीनै दिन अपराहृनपछि मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।

यो बेला स्थानीयस्तरमा विकसित जलवाष्पको कारण बादल बन्ने, चट्याङ पर्ने, हावा हुरी चल्ने र सानो ठाउँमा केही क्षणमात्र पानी पर्ने मौसमविदको भनाइ छ ।