प्यारिस विश्वको सबैभन्दा महंगो शहर बन्यो

  • प्रकाशित मिति : March 19, 2019
  • टुरिजम सञ्चार

टूरीजम संचार, चैत्र ५। फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महंगो शहर बनेको छ । विश्वका १ सय ३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा चार वटा यूरोपियन शहर परेका छन् । सबैभन्दा महंगो शहरको सूचीको चौथो नम्बरमा स्वीट्जरल्याण्डको जूरिच,पांचौंमा जापानको ओशाका, छैटौंमा डेनमार्कको कोपनहेगन,सातौमा अमेरिकाको न्यूयोर्क,दशौंमा इजरायलको तल अविव र अमेरिकाको लस एञ्जलस् संयुक्त रुपमा परेका छन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स् यूनिट सर्भेले जारी गरेको सूचीमा हङकङ र सिंगापुरसंगै प्यारिस सबैभन्दा महंगो शहरको सूचीमा परेको हो । इकोनोमिस्ट इन्टेलजेन्स यूनिटको इतिहासमै सबैभन्दा महंगो शहरको पहिलो सूचीमा पहिलो पटक तीन शहर परेका हुन् । गत वर्ष प्यारिस दोस्रो महंगो शहरको सूचीमा थियो । सर्वेक्षणका लागि पाउरोटी जस्ता वस्तुको मूल्यलाई आधार मानिएको थियो ।

मानिसको जिवनस्तरलाई न्यूयोर्क शहरसंग तुलना गरी सूची तयार पारिएको बताइएको छ । यता आर्थिक संकटसंग जुधिरहेको भेनेजुयलाको राजधानी काराकास सबैभन्दा सस्तो शहर बनेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमस्कस सबैभन्दा सस्तो शहरको दोस्रो सूचीमा परेको छ । यस्तै भारतको राजधानी नयां दिल्ली सबैभन्दा सस्तो शहरको आठौं नम्बरमा परेको छ।