अजयमेरुमा महोत्सव हुँदै

  • प्रकाशित मिति : March 19, 2019
  • टुरिजम सञ्चार

डडेल्धुरा,चैत्र ५ । सुदूरपश्चिमको प्रसिद्ध ऐतिहासिक पर्यटकिय क्षेत्र अजयमेरुकोटमा अजयमेरु महोत्सव हुने भएको छ । डडेल्धुराको सदरमुकामबाट दुई घण्टाको पैदल यात्राको दुरीमा रहेको मल्लकालिन सामरिक तथा शासकिय राजधानीको रुपमा रहेको पुरातात्विक स्थल अजयमेरुकोटमा नयाँ वर्ष २०७६ बैशाख ४ गते देखि ८ गते सम्म महोत्सव संचालन हुने अजयमेरु महोत्सव मूल आयोजक समितिले जानकारी दिएको हो ।

अजयमेरु गाउँपालिकाको आयोजनामा संचालन हुने उक्त महोत्सवलाई पर्यटकिय संभावनाको उजागर तथा प्रचारप्रसारका साथै स्थानीय उत्पादनको प्रबद्र्धन र पहिचान गराउनु रहेको मूल आयोजक समितिका संयोजकले पत्रकारसम्मेलन मार्फत जानकारी दिए ।

महोत्सवमा अजयमेरुकोटको निःशुल्क भ्रमण तथा महत्वपूर्ण बास्तु र सम्पदाको चिनारी पथप्रदर्शक गर्ने पनि ब्यवस्था रहेको जनाईएको छ ।