आज सोमबार देखि पानी पर्ने संभावना

  • प्रकाशित मिति : March 18, 2019
  • टुरिजम सञ्चार

काठमाडौ,चैत्र ४ । आज सोमबार देखि पर्सि बुधबार ३ सम्म  दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको अनुसार आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा सामान्य बदली रहने  छ । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण पहाडी  भूभागका केहि  स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाले अनुमान लगाएको छ ।

तर  काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको छ। आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको  छ ।

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान शाखाको अनुमान छ ।