त्रिभुवन विमानस्थल ‘बुटिक’ बिमानस्थल बन्दै

  • प्रकाशित मिति : March 17, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र ३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाखबाट बुटिक बनाइने भएको छ । यो विमानस्थललाई बुटिक बनाउन सरकारले प्रारम्भिक तयारीसहित औपचारिक रूपमा काम अगाडि बढाइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दुई चरणमा विमानस्थललाई बुटिक बनाइने जानकारी दिए। पहिलो चरणमा चैत मसान्तभित्र अवधारणा तयार गर्ने, सौन्दरर्यीकरण, विमानस्थलको डिजाइन र अनुकूल नभएका संरचना भत्काउने, कलात्मक मूर्ति, पेन्टिङ खरिदलगायत काम हुनेछ ।

दोस्रो चरणको काम वैशाख १ गतेबाट गरिने छ । यस्तो काममा विमानस्थललाई बुटिक बनाउन आवश्यक संरचना थप गर्ने, नयाँ संरचना बनाउने, उपयुक्त स्थानमा नेपाली कला झल्किने मूर्ति तथा सौन्दर्यकरण हुनेछ ।

सरकारले सन् २०२० लाई विदेशी पर्यटक आकर्षण गर्न नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको सुभारम्भकै दिन बुटिक एयरपोर्टको उद्घाटन गर्ने गरी कार्यबिधी जारी गरेको हो ।