राष्ट्रपतिको रेड कार्पेटमै सर्पको सवारी, तर सडक खाली ?

  • प्रकाशित मिति : March 15, 2019
  • टुरिजम सञ्चार

आशिष न्यौपाने / काठमाडौ, चैत १। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिएर राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्।

उनि उक्त कार्येक्रमसकेर आज नेपाल फर्किएकी हुन् । राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा भइसकेको थियो । विमानस्थलमा राष्ट्रपति हिँड्नका लगि ‘रेड कार्पेट’ ओछ्याइएको थियो । राष्ट्रपति आउने भनेपछि सञ्चारकर्मीहरु पनि समयमै पुगिसकेका थिए ।

रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका फोटो पत्रकार तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीकै अगाडि ‘रेड कार्पेट’ हुँदै एउटा सर्प निस्कियो । सर्प देखेपछि सबै आत्तिए त कोही फाटो खिच्न थाले । धेरै मान्छे र होहल्लाबाट सर्प डराएर नजिकैको झाडीमा पस्यो ।

सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिएपनि राष्ट्रपतिको रातो कार्पेटमा नै सर्पले यात्रा गर्दासम्म कसैले सर्पलाई धपाउन भ्याएका थिएनन् । उनी शुक्रबार अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी हुन् । उनलाई विमानस्थलको भीभीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो । सोही कार्पेटमा सर्प हिँडेको हो । तर, सर्प कहाँबाट आयो भन्नेबारे केही पनि जानकारी नभएको विमानस्थलले जनाएको छ ।