उत्तरी गोरखाका वन्यजन्तु कुकुरको शिकार

  • प्रकाशित मिति : March 11, 2019
  • टुरिजम सञ्चार

गोरखा ,फाल्गुन २७ । उत्तरी गोरखाको सामागाउँ र साम्दोका वन्यजन्तुहरु भुस्याहा कुकुरको शिकार बन्न थालेका छन् । भुस्याहा कुकुरले हाल सम्म दर्जन भन्दा बढि वन्यजन्तु मारिसकेको स्थानीय बताउछन् । ‘वनमा रहेका कस्तुरी, घोरल, नाउर र मृगलाइ आक्रमण गरेर मार्न थालेको छ भने, ‘कहिलेकाही घरपालुवा जनावरलाइ पनि आक्रमण गर्छ स्थानिय हरुले बताएका छन् ।’ करिव ३० वटाको संख्यामा भुस्याहा कुकुर रहेको स्थानीयको अनुमान छ । वेवारिसे छाडिएको घरपालुवा कुकुर र जंगली कुकुरको समूह मिलेर वन्यजन्तूलाइ आक्रमण गर्न थालेपछि गाउँमा आतंक बढेको हो ।

क्लो हिमपातका कारण पनि वन्यजन्तुहरु कुकुरको शिकार बन्ने गरेको स्थानीयको अनुमान छ । ‘धेरै हिमपात भएकोले बाक्लो हिउँ जमेको छ, हिउँमा गडेर जनावरहरु राम्रो सँग भाग्न पनि सक्दैनन् त्यही मौका छोपेर कुकुरलाइ आक्रमण गर्न सजिलो भएको उनीहरु ले बताएका छन् । भुस्याहा कुकुर आतंक बढेपछि समस्या समाधानका लागी स्थानीयले मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लाइ आग्रह गरेका छन् । काठमाडौको चिडियाखाना बाट बेहोस बनाउन प्रयोग गर्ने डाटिङ गन प्रयोग गर्न खोजे पनि दश मिटर मात्र धान्ने र , भौगोलिक अवस्था र हावा बढि चल्ने भएर त्यो प्रयास सफल हुन सकेको थिएन ।

कतिपय कुकुरहरु मनाङबाट आउने पर्यटक सँग पछि लागेर आउने गरेको  छ । हिमपातका कारण अहिले मौसम अनुकुल नभएकाले समस्या भएको र मौसम ठिक भएपछि समस्या समाधानका लागी पहल शुरु गर्ने  एमक्यापका प्रमुख जानकारी दिनु भयो ‘जाडो छल्न अहिले धेरै मानिसहरु तल झरेको भएर पनि केही समस्या थपिएको हो, बिस्तारै अव मौसम सफा भएपछि उनीहरु पनि फर्किन्छन्  र समस्या को समाधान गर्ने उनले जानकारी दिए ।