इथियोपियामा बिमान दुर्घटना, नेपाली नागरिक एकता सहित,१ सय ५७ जनाको मृत्यु

  • प्रकाशित मिति : March 11, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन २७ । इथियोपियामा बिमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ । अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाईन्सको बोईङ दुर्घटना हुँदा एकसय ४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको हो ।

बिमानमा विभिन्न ३३ मुलुकका नागरिक सवार रहेको एयरलाईन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अुनसार विहान ८ बजेर ४४ मिनेट जादा बिशोफ्टु शहर नजिक बिमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।

यसैवीच, इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्दै दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

जुन दुर्घटनामा एक नेपाली को पनि भएको जानकारी आएको छ दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको बताइएको छ । सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन्। त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन्। राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो।