कर्णाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु

  • प्रकाशित मिति : March 9, 2019
  • टुरिजम सञ्चार

दैलेख,फाल्गुन २५। कर्णाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु भएको छ । शुक्रबार डुंगा पल्टिँदा नदीमा डुबेर दैलेखको आठबिस नगरपालिका ६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राकमबजारमा होटल सन्चालन गर्दै आएका शाही कर्णाली नदीमा माछा लिन गएका थिए । सोही बेला उनी चढेको डुंगा पल्टिँदा डुंगा पल्टिएको हो ।

उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको बताइएको छ। स्थानीयहरु उद्धारमा उद्वार गरिए पनि शाहीलाई नदीबाट निकाल्दा ज्यान गुमाएको अवस्थामा फेला परेका हुन् ।