राजविराज विमानस्थल जोखिममा

  • प्रकाशित मिति : March 9, 2019
  • टुरिजम सञ्चार

राजबिराज,फाल्गुन २५। सप्तरीको राजविराज विमानस्थल इँटा भट्टाका कारण खतरा परेको छ। शिलान्यास भएको झण्डै ६ दशकपछि गत असार १ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थल अहिले पनि असुरक्षित रहेको त्यहाँका कर्मचारीले बताएका छन्।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट औपचारिक रुपमा विमान सेवाको उद्घाटन गरेका थिए।

साताको ५ दिन सेवा दिने वाचा गरेको श्री एयरलायन्सले प्राविधिक समस्या देखाउँदै सेवालाई तीन दिनमा सीमित गरेको छ।

विमानस्थलको पूर्वतर्फ रहेका इँटा भट्टा विमान सञ्चालनमा चुनौती बनेको राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख बताउँछन्। त्यसमध्ये पनि ७ सय मिटरकै दुरीमा रहेका ४ वटा चिम्नीका कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको उनले बताए।