कलङ्की–महाराजगञ्ज सडक विस्तार/सुधारको तयारी

  • प्रकाशित मिति : March 8, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ,फाल्गुन २४। कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना डिपिआरको काम भइरहेको सडक विभागले जनाएको छ ।

चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुखले बताए। उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङ लगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ ।