बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे

  • प्रकाशित मिति : March 8, 2019
  • टुरिजम सञ्चार

उदयपुर,फाल्गुन २४। उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ ।

चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल रौतासम्म १९ किलोमिटर लामोदूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि डिपिआर कार्य शुरु हुन लागेको त्रियुगा नगरपालिकाका प्रमुखले बताए ।

तीनपटकभन्दा बढी सर्वे भई अब सर्वे कार्य सम्पन्न भएका कारण डिपिआर कार्य शुरु गर्न लागिएको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जिल्लाकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलका रुपमा रहेको रौतापोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा बृहत्रुपमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताए।