रास्ट्रपतिद्वारा मनकामना मन्दिर पुननिर्माणका दातालाई सम्मान

  • प्रकाशित मिति : March 7, 2019
  • टुरिजम सञ्चार

गोरखा,फाल्गुन २३। मनकामना मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर पुननिर्माण पछि आयोजना गरेको दशपुजा कार्यक्रममा पुजा गर्नुुुभएको हो ।

उहाँले मन्दिरमा पुजा गर्नुभए पछि मनकामना मन्दिर पुननिर्माणका चन्दादातालाई सम्मान कार्यक्रममा सहभागी हुदै कार्यक्रम लाई सम्वोधन गर्दै धार्मिक महत्व राख्ने मन्दिरको जनसहभागीता र सहयोग जुटाएर धार्मिक महत्व राख्ने मनकामना मन्दिरमा छिटो पुननिर्माण गरेकोमा मन्दिर जीर्णाेद्धार समिति सहित चन्दादाता र स्थानीय धन्यवाद दिनुभयो ।

नेपाल सरकारको ४ करोड र सर्वसाधारणबाट संकलित चन्दा रकम समेत गरी १४ करोड ६४ लाख ८८ हजार ५ सय ९७ रुपियाँको लागतमा मनकामना मन्दिरको पुननिर्माण सम्पन्न गरिएको हो।

मनकामना मन्दिर पुननिर्माणमा मनकामना केबलकारका संस्थापक स्व.लक्ष्मणबावु श्रेष्ठ स्मृतिमा मनकामना दर्शन प्रा.लि.ले एककरोड १२ लाख १सय ११ रुपियाँ सबैभन्दा धेरै चन्दा दिएको छ भने दोस्रोमा एककरोड ११ लाख सहयोग गर्ने चन्दादाता गायक योगेश्वर अमात्य रहेका छन ।