धनकुटामा १२१ अर्गानीक खानेकुरा प्रदर्शनी

  • प्रकाशित मिति : March 7, 2019
  • टुरिजम सञ्चार

धनकुटा,फाल्गुन २३। धनकुटामा १०९ औ महिला दिवसको अबसर पारेर  १२१ प्रकारका अर्गानीक खानेकुरा प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा मकै, कोदो, फापर, भटमास, दालहन, बिभिन्न प्रकारका साग सिन्की, गुन्द्रुक लगायत बिभिन्न खाद्यन्नको परिकार निर्माण गरि राखिएको छ ।

उद्यमी महिला ऋण तथा बचत सहकारी सस्था र मिसन मुस्कान पर्यटन प्रबर्दन केन्द्रले प्रदर्शनीको आयोजना गरेको हो। प्रदर्शनी दुइ दिन सम्म सञ्चालन हुने छ ।

लोप हुन लागेका खानेकुरा संगै अर्गानीक खानेकुरालाइ प्रोत्साहन गर्न प्रदर्शनी गरिएको आयोजकले बताए ।