२ रुपैयाँको सिक्का १ ग्लास पानी ?

  • प्रकाशित मिति : March 6, 2019
  • टुरिजम सञ्चार

दिपेश बराल/काठमाडौं,फाल्गुन २२। सुन्दा अचम्म लाग्छ बैंकको एटीएम मेसिनमा कार्ड हालेर पैसा झिके जस्तै अब सिक्का हालेर पानी निकालेर पिउन पाइने भएको छ। साच्चै नै वाटर एटीएम संचालनमा आएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेशनल मिलेर नेपालमा पहिलो पटक वाटर एटीएम सञ्चालनमा ल्याइएको हो,जसको उद्घाटन मंगलबार खानेपानी मन्त्री विना मगरले गरेकी हुन।

यो वाटर एटीएमबाट दुई रुपैयाँमा दुई सय एमएल र १० रुपैयाँमा एक लिटर खानेपानी उपलब्ध हुनेछ। पानी पिउनका लागि प्लास्टिकको कप त्यहीं राखिएको छ। तीन महिनाको परीक्षणमा सर्वसाधारणको राम्रो प्रतिक्रिया आए अन्यत्र पनि वाटर एटीएम स्थापना गरिने छ।