केरुङबाट भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटक

  • प्रकाशित मिति : March 6, 2019
  • टुरिजम सञ्चार

रसुवा,फाल्गुन २२। चीनको ल्हासा हुँदै केरुङ सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटक छन। नेपाल आउँदा भिसा शुल्क नलाग्ने,अन्तर्राष्ट्रिय नाका भएको र जलविद्युत् आयोजनाहरूमा चिनियाँ कामदार रहेका कारण चिनियाँ पर्यटक बढी आएको अध्यागमनले जनाएको हो।

चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न फ्रि भीसा लागू गरिएपछि रसुवागढी नाका हुँदै भित्रने चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

यो नाका हुँदै तीन वर्षको अविधमा ३६ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका हुन। सन २०१६ मा ५ हजार पर्यटक नेपाल भित्रिएकोमा सन् २०१७ र १८ मा ३१ हजारभन्दा बढी चिनियाँ पर्यटक आएका हुन।