पोखरामा फेरी अर्काे प्याराग्लाइडिङ दुर्घटना !

  • प्रकाशित मिति : March 4, 2019
  • टुरिजम सञ्चार

पोखरा, फाल्गुन २० । आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो। सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर दुई विदेशी घाइते भएका छन्। कास्कीको दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन्। अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन्।

६३ वर्षिय इलगिज यागुदिन रूखमा अड्कीएका थिए। माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ। गम्भीर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भुइँमा खसेका थिए।