महाशिवरात्री: आजको मौसम

  • प्रकाशित मिति : March 4, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन २०। आज महाशिवरात्री सोमबार काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाका मौसमविदले जानकारी दिए। मौसमविदका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने कमैं रहेको छ ।

बुधबार देखि फेरि अर्को नयाँ मौसमी प्रणाली भित्रिने हुनाले मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ ।