गलेश्वरधाममा बिहानै देखि भक्तजनको भीड

  • प्रकाशित मिति : March 4, 2019
  • टुरिजम सञ्चार

म्याग्दी,फाल्गुन २०। महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा सोमबार विहानैदेखि भक्तजनको भीड लागेको छ ।

आइतवार रातीनै टाढाटाढाका भक्तजनहरु गलेश्वरमा आएका थिए । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजनहरु आएका हुन।

कालीगण्डकी नदी किनारमा विशाल ९ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ । नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै ढुङ्गामाथी अवस्थित गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।