बिहानै देखि अर्जुनधारामा दर्शनार्थीको भिड

  • प्रकाशित मिति : March 4, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,फाल्गुन २०। आज विहानै देखी शिवको पुजा गर्ने भक्तजनको भिड बढेको छ । महाशिवरात्री सोमबारनै परेकाले शिवको पुजा गर्दै जल चढाए मनोकाँक्षा पुरा हुने भएकाले पनि यो वर्ष सोमबार विहानै देखी अर्जुनधारामा दर्शनार्थीको भिड बढेको हो।

सोमबार विहानै देखि अर्जुनधारा जलेश्वरधाममा नेपालका प्रदेश १ मा रहेका जिल्ला सहित भारतका सिक्किम, दार्जीलिङ र आसामदेखिका भक्तजन जल चढाउन र पुजा गर्न आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । यो पर्वमा अर्जुनधाराधाममा पनि पुजा गरे मनोकाँक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।