महाशिवरात्रीः शिवालयहरुमा भक्तजनहरुको घुईचो

  • प्रकाशित मिति : March 4, 2019
  • टुरिजम सञ्चार

सिन्धुली,फाल्गुन २०। महाशिवरात्रीका पावन अबसरमा सिन्धुली जिल्लाका विभिन्न शिवालयहरुमा महादेवको श्रद्धा र भक्तिपुर्वक अर्चना गरी जल चढाएर दर्शन गर्ने श्रद्धाल भक्तजनहरुको घुईचो लागेको छ ।

सिन्धुली जिल्लाको शिद्धबाबा र कुशेश्वर महादेवस्थानमा आज बिहानैदेखि विभिन्न स्थानका श्रद्धालु भक्तजनहरुले गौमती,सुनकाशी र रोशी नदीमा स्थान गरी पुजा अर्चना गरिरहेका छन् ।

महाशिवरात्रीका अबसरमा सिन्धुली जिल्लाको सदरमुकामा सिन्धुलीमाडडीको च्याउकोट डाडामा अबस्थित शिद्धबाबा,दुधौंली नगरपालिकामा अवस्थित मधुगंगा महादेवस्थानमा पनि महादेवको पुजा गर्न आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुईचो लागिरहेको छ ।

शुद्ध र पवित्र भै आज महाशिवरात्रीका अबसरमा शिवको पुजा अर्चना गरे मनोकांक्षा पुराहुने जनविश्वासले रही आएको छ ।