पशुपतिमा माछापुच्छ्रे बैंक द्वारा जुत्ता–चप्पल कक्ष र धारा निर्माण

  • प्रकाशित मिति : March 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १९। पशुपति मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाइ लक्षित गरेर माछापुच्छ्रे बैंकले जुत्ता–चप्पल कक्ष र धारा निर्माण गरिदिएको छ। बैंकले एटिएमको सेवासमेत उपलब्ध गराएको छ।

बैकले भक्तजनका लागि पशुपति क्षेत्र भित्र पानीको सुविधाका लागि धारा साथै जुत्ता चप्पल राख्नको लागि जुत्ता राख्ने कक्षकाे निर्माण गरेर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो। निर्माण गरिसकेपछि कक्षको साँचो पशुपति कोषका सदस्य सचिवलाई हस्तान्तरण गरिएको छ।