शिवले किन खाए त गाँजा, भाङ, धतुरो?

  • प्रकाशित मिति : March 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १९। शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन । के शिवरात्रि नशा सेवनको पर्व हो त ?

महाशिवरात्रीमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन।तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ?

वेदको अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एक रुख उम्रियो । त्यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई सेवन गर्न सकुन ।

समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत देवताहरुले पिए बाँकी रहेको विष कसले पिउने समस्या पर्‍यो । त्यसपछि देवताहरुले भगवान शिवको आराधना गरे ।विष शिवजी पिउन तयार भए, र विष पिए पनि ।

विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । विष सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन पछि भगवान शिवलाई केही राहत भयो ।