शोकमा आज यती र तारा एयरको उडान बन्द

  • प्रकाशित मिति : March 1, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १७। निजी हवाई सेवा प्रदाक यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सले आज शुक्रबार सबै उडान बन्द गर्ने भएका छन्।

एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा दुखद निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो।
साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रवीन्द्र अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराको दर्शन गरेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा विमान दुर्घटनामा परेको थियो।