टुँडिखेलको श्रद्धाञ्जली सभा भोलि सम्मका लागि स्थगित

  • प्रकाशित मिति : February 28, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १६। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।

टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।

सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो।