मौसम केही सुधार; ७ जनाको शव केही बेरमा काठमाडौं ल्याइने

  • प्रकाशित मिति : February 28, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १६। ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव दुर्घटनास्थलबाट सुकेटारमा पुर्‍याइएको छ । ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव केहीबेरअघि सुकेटार पुर्‍याइको हो ।

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए । बाँकी तीन जनाको शव पनि सुकेटार ल्याइएकाले अब मौसम हेरेर काठमाण्डौ ल्याउने तयारी गरिएको छ।

दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर शव संकलन गरेको हो । ताप्लेजुङमा बुधबारभन्दा मौसम केही सुधार भए पनि पुरै भने खुलेको छैन ।