हेलिकप्टर दुर्घटना : बाँकी तीन शव उद्धारको तयारी, मौसममा केही सुधार

  • प्रकाशित मिति : February 28, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १६। हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव आज काठमाण्डौ पठाइने भएको छ । दुर्घटनास्थलबाट चारवटा शव हिजो बेलुका सुकेटार विमानस्थलमा ल्याइएको छ ।

बाँकी तीनवटा शव आज दुघर्टनास्थलबाट सुकेटार ल्याउने र त्यहीँबाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी रहेको ताप्लेजुङ्गका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनको नेतृत्वमा ५० जना सुरक्षाकर्मीको टोली हिजोदेखि नै घटनास्थलमा खटिएको छ । मौसम हिजोभन्दा केही सुधार भएकाले आज शव पठाउन सकिने विश्वास गरिएको डीएसपी थापाले बताए ।