टुरिजम संचार,फाल्गुन १५।ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन्।
फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे।
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।