पर्यटन मन्त्री सवार हेलिकप्टर दुर्घटना

  • प्रकाशित मिति : February 27, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,फाल्गुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। ‘दुर्घटना भएको खबर आयो,’ राईले भने, ‘तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।’

दुर्घटना तेह्रथुमको चुहान डाँडा क्षेत्रमा भएको बताइएको छ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

थप विवरण आउन बाँकी छ।