ओखलढुंगाको पर्यटकिय स्थान पोकलिमा स्वास्थ्य शिबिर संचालन हुँदै

  • प्रकाशित मिति : February 26, 2019
  • टुरिजम सञ्चार

लिला श्रेष्ठ,ओखलढुंगा।
ओखलढुंगाको पर्यटकिय स्थान लिखु गाउँपालिका पोकलिमा निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ। हेल्प नेपाल, जनार्दन फाउन्डेसन साथै सगरमाथा फ़ाउण्डेसनको आयोजनामा शुरु भएको स्वास्थ्य शिबिर यहि फाल्गुन सत्र गते सम्म संचालन हुने पूर्व साम्सद सम्म रहेका नेकपा नेता बालकृष्ण ढुंगेलले बताएका छन्।


सामाजिक क्षेत्रमा क्रियाशील सस्था पोकली झरना सेवा समाज सह-आयोजक रहेको उक्त शिविरमा स्त्रीरोग,बालरोग,हाडजोर्नी,दन्त,छाला,नाककान,घांटी आदि रोगहरुको चेकजांच साथै उपचार हुने पोकली झरना सेवा समाजका अधक्ष्य मिलन बिस्टले जानकारी गराएका छन्।


पोकलिको लेती माबिमा संचालान भईरहेको शिबिरमा मोफसलका गाउँबाट पनि बिरामी साथै अन्य स्वास्थ्य जांच गराउन आउने आयोजकले आशा गरेको छ। धेरै भन्दा धेरै जनताको स्वास्थ्य जांच गर्ने साथै गम्भीर रोगीहरु फेला परेमा आबस्यकता अनुसार उपचार ब्यबस्था गर्ने पनि बताईएको छ।


यता लेती माबि,जनजीबन माबि,ओखलढुंगा एकता सेवा समाज,लेती सेवा समाज लगायतका सस्थाहरुले पनि बिभिन्न क्षेत्रबाट सहयोग गरेका छन्। यस स्थानमा नेपालको चर्चित पोकली झरना रहेको छ।

तस्बिर-पुष्प धमला/गोपाल ढुंगेल