चीनसँगको नाका फेरि सञ्चालनमा आउँने

  • प्रकाशित मिति : February 26, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १४। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ ।

यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो । त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ ।