विमान अपहरण प्रयास असफल

  • प्रकाशित मिति : February 25, 2019
  • टुरिजम सञ्चार

बंगालादेश,फाल्गुन १३। बंगलादेशमा विमान अपहरण गर्ने प्रयास भएको छ। राजधानी ढाकाबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि उडेको विमान अपहरण गर्ने असफल प्रयास भएको समाचार बिबिसीले संम्प्रेषण गरेको छ।विमान बंगलादेशको सो जहाज ‘हाइज्याक’ गर्ने प्रयास भएपछि आपत्कालीन अवतरण गरिएको छ। विमान बंगलादेशको चित्तागाउ विमानस्थलमा सुरक्षित अवतरण भएको बताइएको छ।

विमानमा १ सय ४२ यात्री सवार रहेका थिए। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव मोहम्मद महिबुल हकले विमान अपहरण गर्ने प्रयास भएको पुष्टि गरेका छन्। विमानमा सवार सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको समेत उनले बताए।

‘विमानका पाइलट र सबै यात्री सुरक्षित छन्। एक जना २५ वर्षीय शंकास्पद यात्री र एक जना ‘क्रू मेम्बर’लाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ,’ सचिव हकले भने। घटनाका विषयमा अनुसन्धान भइरहेको बंगलादेशी प्रहरीले जानकारी दिएको छ।