काठमाडौं,फाल्गुन १३। सारा हिन्दुहरुको आस्थाको धरोहर आराध्यदेव पशुपति भगवान मन्दिर परिसरबाट भगवानको मुर्ती चोरी भएको छ । महाशिवरात्रि मेलाकाबीच चोरीका घटना बढ्न थालेका त थिए नै मुर्ती नै चोरी होला भन्ने थिएन ।
शिवरात्री मेलाको लागी भनेर ल्याएका पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको मूर्ति चोरी भएको हो । काठमाडौको सोह्रखुट्टे स्थित ओम सेना नेपालको कार्यालयमा रहेको मूर्ति शिवरात्रि मेलाका लागि पशुपति लगिएको जनाएको छ ।
शनिबार राति हङ्स मण्डपस्थित खुल्ला चौरबाटै मूर्ति चोरी भएको प्रहरीले जनाएको छ । मूर्ति ओम सेना नेपालले नै पशुपति लगेको हो । उक्त मूर्ति ३.५ फिट अग्लो र करिब ३५ किलो तौल भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।