साढे २२ करोडको लागतमा शितभन्डार निर्माण

  • प्रकाशित मिति : February 24, 2019
  • टुरिजम सञ्चार

लहान,फाल्गुन १२। प्रदेश २ सरकारले सिरहाको लहान नगरपालिकामा साढे २२ करोडको लागतमा शितभन्डार निर्माण गर्न थालेको छ। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शनिबार शीत भण्डारको शिलान्यास गरेका छन्।

प्रदेश सरकारको अनुदान सहयोग तथा सप्तरीको शुभनारायण कृषि व्यवसायिक फर्म विष्णुपुर १ को साझेदारीमा शीतभण्डार निर्माण हुनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

संघीय सरकारको ६० प्रतिशत, संघसंस्थाको सेयर २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत लगानीमा निर्माण भईरहेको शीतभण्डारका लागि भ्याटबाहेक २७ करोड ४८ लाख खर्च अनुमान गरिएको छ।