खुलेको केही समयमै छाँया सेन्टर विवादमा

  • प्रकाशित मिति : February 23, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन ११। पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा आएको छाँया सेन्टर बिबादमा तानिएको छ ।साढे पाँच अर्ब भन्दा बढी लगानीमा  निर्माण भएको सेन्टरका विषयमा स्थानीयले बिरोध गर्न थालेपछि विवादमा तानिएको हो।

गएको पुस १० गते देखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ। छायाँ सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थाले पछि संचालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ।

केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदै आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए।पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ, पत्रकार सम्मेलनमा’ श्रेष्ठले भने।