उद्योग, कृषी, पुर्वाधार र पर्यटनको लागि नीति तय गरिदै

  • प्रकाशित मिति : February 22, 2019
  • टुरिजम सञ्चार

वीरगन्ज,फागुन १०। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र नीति आयोगले बिभिन्न सरोकारवालालाई राखेर गरेको कार्यक्रममा बिज्ञ तथा सरोकारवालाले उद्योग, कृषी, पुर्वाधार र पर्यटन समबनधमा चार वटा बेग्ला बेग्लै बिषयमा सुझाव दिएका छन् ।

प्रदेश २ को सरकारले आफ्ना आगामी योजनाहरु निर्धारण गर्न लागि नीति आयोगमार्फत प्रंथम आवधिक योजना आधारपत्र तर्जुमा कार्यशाला शुक्रवार वीरगन्जमा सम्पन्न गरेको छ ।

कार्यक्रमका सहभागिले फुटकरभन्दा ठोस कार्यक्रमहरु तय गरेर दिगो बिकासतिर जान सकिने बताएका छन् । ‘नीति राम्रो हुन सकेन भने कामर परिणाम राम्रोहुन सक्दैन,’ प्रदेश २ का मुख्यमन्त्री मोहमम लालबाबु राउतले भने। संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकार उपर बलमिच्याई गरेकोले काम गर्न असहज भएको उनले टिप्पणी गरे ।

नीति आयोगका उपाध्यक्ष डा. हरिबंश झाले बिकासका लागि ठोस नीति तय गरी त्यसका आधारमा कार्याक्रमहरु लागु गर्दा जनताले परिवर्तन महसुश गर्ने गरीकाम हुन सक्ने बताए । उनले उद्योग, कृषी, पुर्वाधार र पर्यटनसंगै शिक्षा र स्वास्थ्यमा आफुृहरुले नूीति निर्माणका लागि आधारपत्र बनाउन लागेको बताए ।

कार्यक्रममा प्राध्यापक विजयकान्त कर्ण, प्राध्यापक इन्दुशेखर मिश्र, नीति आयोगका सदस्यद्वय मोहनलाल चौधरी तथा सुरेन्द्र झा, उद्योगी जगदीश अग्रवाल, स्वरोजगार विज्ञ ललन तिवारी लगायतले बोलकेका थिए ।