पोखरा बाट पर्वतको पञ्चासेसम्म केवलकार

  • प्रकाशित मिति : February 21, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन ९। पन्चासे केवलकार एण्ड टुर्सले आधुनिक केवलकारको सुरुवात गर्ने भएको छ । पन्चासे केवलकार एण्ड टुर्सले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पोखरा बाट पर्वतको पञ्चासेसम्म केवलकार निर्माणबारे विस्तृत जानकारी गराएको हो ।

प्रमुख कार्यकारी अधिकृत चिन्तामणी शर्मा तिमल्सिनाले नागरिकबाटै लगानी उठाई नागरिकलाई नै शेयरधनी बनाउने उद्देश्य सहित आयोजना निर्माण गर्न लागिएको बताए । ८.५ किलोमिटर हुने उक्त केवलकार ११ अर्ब ३८ करोड बराबर लागतमा बन्न लागेको हो । स्थानियहरुलाई नै शेयरधनी बनाउने र स्थानिय लागतमा नै बन्ने उक्त आयोजना ६ वर्षभित्र पुरा गर्ने लक्ष्य लिईएको पन्चासे केवलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

सोही स्थानका प्रभावितको लागी योगदानमा आधारित रु १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन र स्थानियलाई रोजगारी दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पुँजी संकलन गर्ने व्यवस्था रहेको अध्यक्ष शर्माले बताए । परियोजनाले १० हजारलाई रोजगारी दिने दाबी गरिएको छ ।