हरेक नेपालीले जान्नैपर्ने यी १२ जानकारी !नेपालको प्राचिन इतिहाँस संकेतात्मक सूत्रात्मक ईतिहांस

  • प्रकाशित मिति : February 19, 2019
  • टुरिजम सञ्चार

नेपालको प्राचिन इतिहाँस संकेतात्मक सूत्रात्मक ईतिहांस हो ! ऋग्वेद प्राचिन आर्यहरुको मात्र इतिहाँस होइन समग्र मानव सभ्यताको पहिलो ग्रन्थ र इतिहाँस हो ! मानव जंगली रुपबाट आजको रुपमा आएको होइन ! बाँदरबाट पुच्छर घिस्रिएर मान्छे बनेको होइन ! जुन मुलुकमा ९ करोड बर्ष अघिको आदिमानवको दांत (रामापिथेकश)तिनाउ नदीको किनारमा भेटिन्छ त्यस मुलुकको इतिहाँस तिथि मिति हालेर कसले लेख्न सक्छ ?

१) महाप्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रह्माण्डको उच्च ठाउ सगरमाथामा ठोकिंदा ब्रह्माजीले तत्कालिन समयमा मानसी शृष्टि मानसरोबरमा बसेर गरेका थिए ! त्यसकारण हिन्दूहरुको उद्गम थलो नेपालनै हो ! आजको दिनमा पनि विश्वको अग्लो शिखरको सगरमाथा नेपालमै छ ! हाम्रो बैदिक श्रीष्टि नेपालमै अझ सगरमाथा बाटै भएको हो !

२) जनक , लोमश ,श्रिंगी ,पराशर , बेद व्यास ,मैत्रेयी ,गार्गी याग्य बल्क्य ,कपिल ,कश्यप ,पाणिनी आदिको जन्मभूमि तथा तपोभूमि नेपालनै हो !पूर्वीय दर्शन–संस्कृति, बुद्ध–बेद, हिमाल–पानी, जलस्रोत–जडिबुटी, प्रकृति–विविधतामा नेपालजत्तिको धनी मुलुक विश्वमा कुनै छैन।

३) हाम्रा चारै बेदका मन्त्र द्रष्टार ४०० ऋषिहरु नेपालकै थिए ! ३० बटा विश्व विख्यात ऋषिकाहरु द्वारा नेपालकै भूमि परिपोषित भएको थियो ! इतिहास साक्षी छ– बेदका रचयिता बेदव्यास केन्द्र तनहु, व्याकरण रचयिता पाणिनी केन्द्र अर्घाखाँची हो। यी दुबै महागुरु नेपाली थिए।

४) जनक जस्ता विदेह , अश्वपति र विराटराजाको जन्मभूमि नेपालनै हो !

५) जगत जननी सीता ,सत्यवती , भृकुटी पनि नेपालकै छोरीहरु हुन् !

६) याग्यबल्क्य , कहोल , आरुणी , धौम्य आदि ऋषि मुनिहरु द्वारा नेपालकै भूमि गुन्जायमान भएको थियो !

७) विश्व प्रशिद्ध तिर्थस्थल – मुक्ति क्षेत्र , बराह क्षेत्र , पाशुपत क्षेत्र नेपालकै भूमिमा अवस्थित छ !

८) शालिग्राम र रुद्राक्षारण्य नेपालकै देन हो !

९) नमुचि , शम्बर ,वर्ची, जनक ,अश्वपति , बिराट जस्ता राजा महाराजाहरुको दरवारले पनि नेपालकै भूमि सुशोभित गरेको थियो !

१०) विश्वको जन संख्याको त्रितियांशमा हिन्दू धर्मको शाखा बौद्ध धर्म फैलाउने बुद्ध पनि नेपालमै जन्मेका र हुर्केका थिए ! त्यतिमात्र नभई शिद्धार्थ गौतम बुद्धभन्दा अघिका २८ बटा बुद्धहरु पनि नेपालमै जन्मिएका थिए !

११) विश्वमा एक मात्र हिन्दू सम्बत्सर मान्ने मुलुक नेपाल मात्र हो !

प्राचिनकाल देखि नेपालको प्रसिद्धिका बिषय बस्तुहरु :-

१) नेपालको कम्बल “नेपाल कम्बलेनाथ -स्क. पु. ३०/४५

२) नेपाल महाक्षेत्र “नेपलाच्च महाक्षेत्रात -स्क. पु. ७९/१० (पशुपतिनाथको महत्व)

३) नेपाल शंकर क्षेत्र “नेपालम शाङ्करमक्षेत्रम -स्क. पु. हि. ख. १/१८

४) नेपालका तिर्थादी अनादिकालदेखि प्रसिद्ध “नेपाल जात तिर्थैस्च -स्क.पु.हि.ख.१/१९

५) शक्ति पीठहरुमा पनि नेपाल अग्रणी रहेछ “कामरुपम बाराणाशी नेपालम यो.हृ.त्. पृ. २०६/३७

६) नेपाल कस्तुरी मा पनि विश्व प्रसिद्ध रहेछ ” कामरुपोदभवा श्रेष्ठा नेपाली ह्यधमा भबेत – भा. प्र. नि. पु. ख. क. व.६

७) नेपाल धातु र कस्तुरीहरुको बर्णमा पनि प्रसिद्ध रहेछ ” नेपाली नीलबर्ण यूक – भा. प्र. नि. पु. ख. क. व.७

नेपालका साशकहरु :-

१) नेपालस्य काञ्चनाद्रि (कंचनजंघा) ब्रम्हपुत्र्यस्य संगम – यो. त. ११प.

२) महाभारत युद्ध भन्दा पहिलेनै नेपालका तात्कालिक किराँत साशकहरु प्रख्यात भै सकेका हुनाले महर्षि व्यासले भनेका छन् ” नेपाल बिशये ये च राजानस्तान बाजयत” – म. भा. ब . प्. २५४ अ ७

३)नेपालका किराँती राजाहरुको गौरब बर्णन गर्दै भनिएको छ – “अपितु हिमबद दुर्ग निलया: किरांता रणकर्कशा:” – म. भा. भी. प्. रा.सु. प्.३०/३२ अ

४) महाभारतको युद्धमा भागलिने किराँती राजा यलम्बर हाङ्ग थिए !
त्यसैले नेपालको गौरबमय इतिहाँस हजारौ हजार बर्ष पुरानो देखिन्छ !