उखु किसान सडक आन्दोलनमा

  • प्रकाशित मिति : February 19, 2019
  • टुरिजम सञ्चार

सर्लाही,फाल्गुन ७। गतवर्ष बिक्री गरेको उखुको बाँकी भुक्तानी तथा अनुदान बापतको रकम माग गर्दै उखु किसान सडक आन्दोलनमा उत्रिएका छन्।सोमबार सर्लाहीको हरिवन स्थित पुर्व पश्चिम लोकमार्गमा उखुको लाक्रासहित भेला भएका किसानहरुले बिरोध जुलुस निकालेका हुन् ।

पुर्व पश्चिम लोकमार्ग स्थित हरिवन चोकमा भेला भएका किसानहरुको जुलुस ईन्दुशंकर चिनी उद्योग अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कुनै पनि बहानामा राज्य, उद्योग तथा स्थानीय प्रशासनले किसानले पाउने पैसा रोक्न नसक्ने नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो ।

बिरोध र्यालीमा २ नम्बर प्रदेशका तीन जिल्ला सर्लाही, रौतहट र महोतरीका विभिन्न स्थानका उखु किसान सामेल भएका थिए । नारा जुलुससहित प्रदर्शन उनीहरुले नेकपा सरकारलाई किसान मारा सरकार मुर्दाबाद, किसानको समस्या समाधान गर जस्ता नारा लगाएका थिए । यस पहिला राज्य तथा उद्योगीसँग भएको सहमती कार्यान्वयन नभएकोले सडक संघर्ष गर्नु परेको नेपाल उखु उत्पादक महांसघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।

र्याली पश्चातको कोण सभालाई संबोधन गर्दै सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रदेश सांसद डिल्ली उप्रेतीले कर्मचारी तन्त्रको कटाक्ष गर्नुभयो । राज्य सञ्चालनको मुख्य अंग कर्मचारीले किसानलाई दमन गर्न खोजेको उहाँको आरोप छ। उखु किसानको धैर्यताको बाध नफुटेको र सालिन बिरोधलाई सम्बोधन नगरे त्यसको परिणाम बिकराल बन्ने उहाँले चतावनी दिनुभयो ।

प्रदर्शनमा महिला किसानहरुको समेत उत्तिकै सहभागीता रहेको थियो । बिरोधको कार्यक्रम अन्तरगत मंगलवार दिउँसो सर्लाहीको हरिवनमा जम्मा भएर १ बजेबाट २ बजे सम्म एक घण्टा र बुधवार दिउसो १ बजेबाट ३ बजे सम्म २ घण्टा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध पार्ने नेकपा नेता तथा किसान अगुवा कमल बुडाथोकीले जानकारी दिनुभयाे ।

श्रोत-जनता समाचार