सन्दकपुर इलामको पर्यटकिय गन्तब्य

  • प्रकाशित मिति : February 18, 2019
  • टुरिजम सञ्चार

इलाम,फाल्गुन ६। इलामका धेरै पर्यटकिय गन्तब्य मध्ये सन्दकपुर गाउँपालिका स्थित माईपोखरी क्षेत्र समेत पर्यटकका लागि आकर्षक क्षेत्रको रुपमा रहेको छ । माईपोखरी र यस आसपासका पर्यटकिय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलका रुपमा रहे पनि भौतिक पुर्वाधार र प्रचार प्रसारको अभावले भने गुमनाम जस्तै बनेको छ ।

माईपोखरी कञ्चनजंघा भुपरिधिभित्र पर्ने एकमात्र रामसार क्षेत्र हो । जैविक विविधताले भरिपुर्ण क्षेत्रमा अवस्थित माईपोखरी आन्तरिक मात्रै नभई बाह्य पर्यटकका लागि समेत आकर्षक स्थलको रुपमा रहे पनि यस क्षेत्रमा प्रर्याप्त भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारको अभाव रहेको स्थनियको भनाइ छ ।

माईपोखरी आसपासमा समेत घुम्न र दृष्यअवलोकनका लागि दर्जनौ पर्यटकिय क्षेत्र छन् । यि क्षेत्र समेत प्रचार प्रसारको अभावमा छन् । पर्यटन प्रर्वद्धनका हिनिसावले प्रसस्त सम्भावना बोकेको यस क्षेत्रमा राज्यको न्युन उपस्थिती रहेकाबेला पर्यटकको लाम लगाउने उद्धेश्य सहित स्थानीयले भने माईपोखरी देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याएर पर्यटकलाई आकर्षण गर्न थालेकाछन् । स्थानीयले होमस्टे सञ्चालनमा ल्याए संगै यसलाई व्यवस्थित गर्नका लागि कञ्चनजंघा भुपरिधि संरक्षण तथा विकास पहल नेपालले समेत सघाउन थालेको छ ।

सानो क्षेत्रफलमा नै दर्जनौ पर्यटकिय गन्तब्य रहेकाले पनि यो क्षेत्र पर्यटन प्रर्वद्धनका हिसाबले अब्बल देखिएको छ । स्थानीयबासी आफैले पर्यटन प्रर्वद्धनका लागि चासो देखाउन थालेकाबेला यहाँको भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारका लागि राज्यले बाक्लो उपस्थिती देखाउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।