फागुन २३ देखि घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला

  • प्रकाशित मिति : February 17, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन ५। नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ ।

“नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ आगामी फागुन २३ गतेदेखि आयोजना हुन लागेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गर्न लागेको हो ।