हल्का वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : February 17, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन ५। सोमबारसम्म देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको विवरण अनुसार सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तो छ महाशाखाले जारी गरेको पूवार्नुमान विवरण

आइतबार

दिउँसो

देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति

देशको पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

सोमबार

दिउँसो

देशको पश्चिमि भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र देशको पश्चिमी भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति

देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली रहने तथा पूर्वी भू-भागमा आंशिक बदली रहने देखिन्छ र पश्चिमी भू-भागका थोरै स्थानहरूमा तथा मध्यका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।