घुम्न जाने होइन त मुस्ताङ ?

  • प्रकाशित मिति : February 15, 2019
  • टुरिजम सञ्चार

फागुन ३ , मुस्ताङ । मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ एक उत्कृष्ट धार्मिक तथा प्राकृतिक गन्तब्यको रुपमा लिइन्छ । समुन्द्रि सहतबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तिर्थ समेत मानिन्छ । मन्दिर दर्शन पछि मन्दिर हाताको १ सय ८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ ।

मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन् । मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् । हामी धेरै को घुम्न जाने ठाउँको रोजाईमा पनि पर्ने मुस्ताङ गर्दछ ।

काठमाडौंबाट मुक्तिनाथको यात्रामा निस्किदा सबैभन्दा पहिला बेनी पुग्नुपर्छ । बेनी पुग्न काठमडौंबाट २ सय ८२ किलोमिटर छ । त्यसपछि बेनी–जोमसोम ७५ किलोमिटर छ ।

जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा एक रात बिताउन सकिन्छ । जोमसोम–मुक्तिनाथ जीप र बसहरु पनि चल्छन् । मुक्तिनाथबाट जति माथि गयो उति सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगर देख्न पाइन्छ । दर्जनौं ठाउँमा कालिगण्डकी तर्नुपर्छ ।