प्रधानमन्त्रीले पानीजहाज कार्यालयको उद्घाटन गर्दै

  • प्रकाशित मिति : February 13, 2019
  • टुरिजम सञ्चार

काठमाडौं  फागुन ,१। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दैछन्। ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए ।‘कार्यालयमा  सहसचिव रजिष्ट्रार हुन्छन् । अहिले रजिष्ट्रार खटाइएको छैन तर अन्य कर्मचारीले काम सुरू गर्दै गर्छन्,’ सचिव अधिकारीले भने।

गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा जलमार्गमार्फत् कार्गो ढुवानी गर्न भारतले नेपाललाई समुद्रसम्म पहुँच दिने समझदारी भएको थियो। नेपालले जेठ तेस्रो साता जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेको संयोजकत्वमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य राखेर समिति बनाएको थियो । समितिमा गोपाल सिग्देल, प्रविणराज अर्याल, तर्कराज भट्ट, रिता धिताल रमहेश्ववर श्रेष्ठ  सदस्य छन्।