हवाई यात्रु नहुँदा उडान भएन

  • प्रकाशित मिति : January 1, 2019
  • टुरिजम सञ्चार

सोलुखुम्बु,पौष १७। फाप्लुदेखि विराटनगरको लागि उडान तालिका आएको दुई महिना बितिसकेको छ । तर, एउटा पनि उडान भएको छैन । नेपाल वायुसेवा निगमले कात्तिकबाट उडान तालिका सार्वजनिक गरेपनि अहिलेसम्म कुनै उडान हुन सकेको छनै ।

फाप्लुदेखि विराटनगर जाने हवाई यात्रु नभएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगनमका कर्मचारीले बताए । यात्रु भएको खण्डमा उडान गर्न तयार रहेको नेपाल एयरलायन्सका फाप्लु इन्चार्ज बताउछ्न ।

नेपाल वायुसेवा निगमले हप्ताको प्रत्येक शुक्रबार फाप्लु विराटनगरको लागि उडान तालिका सार्वजनिक गरेको छ । सवारी साधनबाटै पनि सहजै यात्रा गर्न सकिने भएकाले हवाइ यात्रु कम भएको बताईएको छ । प्रदेश राजधानिसँग सिधा हवाई सम्पर्क कायम गर्ने उद्देश्यले उडान तालिका बनाए पनि यात्रु अभावमा उडान हुन सकेको छैन ।