आज पाचौं राष्ट्रिय पोशाक दिवस मनाइदैं

  • प्रकाशित मिति : January 1, 2019
  • टुरिजम सञ्चार

काठमाडाैं,पौष १७।आजकै दिन नेपालमा ढाका टोपी दिवस पनि मनाउने गरिन्छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पौष १७ गतेका दिन नेपाली पोशाक र अंग्रेजी नयाँ वर्षको दिन ढाका टोपी दिवस मनाउन थालिएको हो । अंग्रेजी नयाँ बर्षको दिन पारेर अन्तराष्ट्रिय जगतमा समेत जानकारी दिन भन्दै नेपाली ढाका टोपी र पोशाक दिवस मनाउन थालिएको हो ।

राजधानी लगायत देशका विभिन्न स्थानमा अंग्रेजी नयाँ बर्षको शुभारम्भमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ । त्यसैगरी दौरा सुरुवाल र गुन्यू चोली र पटुकी सहित नेपाली पोशाक दिवस समेत यस वर्ष आजकै दिन मनाईदैं छ ।