पर्यटन क्षेत्रमा नयाँ आयाम : मनाङमा आइस क्लाइबिङ फेस्टिवल हुदै

  • प्रकाशित मिति : January 30, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौँ,माघ १६ । आगामी फेब्रुअरी २ देखि मनाङको हुम्देमा पहिलो पटक हिउँ चढ्ने पर्व सुरु हुने भएको छ । नेपाल क्लाइबिङ टिमले आज राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

“नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षित गरी नौ दिनको प्याकेज तयार पारेर पर्यटन प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुले आइस क्लाइबिङ गर्न लागेको संयोजक विनायक जय मल्लले जानकारी दिए ।

देशको पर्यटन विकासको लागि हिउँ चढाईको महत्व र नेपालमा हिउँमा खेलिने साहसिक कार्यको महत्वलाई जागरूकता बढाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको नेपाल क्लाईमिङ टिमका उपाध्यक्ष धुव्र बिष्टले जानकारी दिए । जलवायु परिवर्तनको दिशामा मानिसहरूलाई जागरूकता फैलाउने उद्देश्यले नेपाललाई विश्वमा एक हिउँमा खेल्ने केन्द्रको रूपमा प्रस्तुत गरिने र ब्यक्तिले पर्यटन उद्योगमा सिजनेवल फाइदा लिन उक्त कार्यक्रममले प्रोत्साहित गर्ने जनाएको छ ।

अन्नपुर्ण हिमालबाट बगेको हिउँमा क्लाइबिङ गर्ने र १८ लाख रुपैंमा खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मौसमी व्यवसाय गर्न आइस क्लाइम्बिङले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विस्वास राखेकोे छ ।