अब फेवातालको आकार बढ्ने

  • प्रकाशित मिति : January 29, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,माघ १५। पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउने भएको छ । खहरेस्थित ताल किनारबाट जमेको माटो हटाउन सोमबारदेखि अभियान थालिएपछि फेवातालको आकार बढ्ने भएको हो ।

अभियान उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङले तीनै तहको सरकारको संयुक्त पहलमा फेवाताल संरक्षण गर्दै आकार बढाउने कार्यको थालनी भएको बताउनुभयो । उहाँले संघीय सरकारले तालको सीमाना छुट्याउने तथा प्रदेश र महानगरले कार्यान्वयन गरी तोकेको समयावधिभित्र ताललाई आफ्नै आकारमा पुर्याउने बताउनुभयो ।

२०१८ सालमा १० वर्ग कि.मि. मा फैलिएको फेवाताल अहिले ४ दशमलव २ किलोमिटरमा खुम्चिएको छ । समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।